कुलुङ

कुलुङ जाति किरात समुदाय भित्र खम्बुहाङ्को सन्तानहरु फैलिदै जादा निर्माण भएको एक महा जाति हो । यो जातिको निर्माण ताम्सी, छेम्सी, खप्दुलु र राताप्खुको सम्मिलनबाट भएको पाइन्छ ।

कुलुङ जातिको मुख्य सभ्यता विकास भएको क्षेत्र हालको सोलुखुम्बु जिल्लामा पर्ने दुधकोशी नदीदेखि पुर्बतर्फ हुङगा नदीको वरिपरिका स्थानहरु छेम्सी, छेस्काम्, गुदेल्, पिल्मो, बुङ्, सात्दी, हुल्, सोत्तो आदि रहेको तथ्यहरुले देखाउछ । ती ठाँउहरू माकुलुङ वा महाकुलुङ क्षेत्रकाे रूपमा परिचित रहेकाे छ । कुलुङ जातिको सभ्यता विकास र विस्तार हुने क्रममा सिलुछो र बुकुर टाकुराको वरिपरि फैलिन पुगेको देखिन्छ । फलस्वरुप पुस्तौदेखि कुलुङ जतिको सधन बस्ती संखुवासभा जिल्लाको सिलीचोङ गाउँपालिका र भोजपुरको साल्पासिलिछो गाउँपालिकामा रहेको पाइन्छ । पछिल्लो समय नेपालको सबै पुर्बी जिल्लाहरु र छिमेकी राष्ट्र भारत हुदै विश्वका अधिकांश देशहरुमा कुलुङ जाति फैलिदै गैरहेको छ ।

कुलुङ जातिको अरु जाति भन्दा पृथक साझा भाषा ‘कुलुङ’ भाषा रहेको छ । आदिम थातथलो महाकुलुङ क्षेत्र रहेको छ । साझा धार्मिक विश्वास पद्दती रिदुम् रहनुका साथै समान सामाजिक तथा सांस्कृतिक आस्था, परम्परा, चालचलन र भेषभुषा रहेको छ ।

यस जातिमा मृत्यु पश्चात जहाँ मृत्यु भएपनि मृतात्मा एकै स्थान महाकुलुङको गुदेल् भन्दा अलि माथि लिम्चोलामा रहेको ठुलो काय ढुङ्गा पोम्लालुङमा बास गर्ने विश्वास रहेको छ । घर निर्माण, जन्म, विवाह, मृत्यु संस्कार, नागि, देदाम्, मोप्, सेलेवा, मोबो आदि संस्कार गर्ने समान विश्वास र प्रचलन रहेको छ ।

5 1 vote
Article Rating

आना दाइ मिने, छाप्व ...

2 Comments
Inline Feedbacks
View all comments
Anonymous
Anonymous
3 months ago

सेवा के खोलोपि 🙏🙏🙏
हायाम हायाम अलोनुव हायाम अजिनचाईके खोलोपिका
कुलुङ रोदुच🙏✅✅✅

यमुना कुलुङ
यमुना कुलुङ
4 months ago

दुमो नःप् के । ओलोनुव ।