प्रेमचन्द्र कुलुङ 'कुलु रिदुम्'को लेखक हुन । कुलुङले कुलुङ मातृ भाषाको कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम तर्जुमा तथा पाठ्यपुस्तक लेख्नु भएको छ । त्यस्तै कुलुङ भाषाको व्याकरण Verbal Agreement in Kulung पुस्तक पनि लेख्नु भएको छ । वहाँ कुलुङ जातिको भाषा, संस्कार, संस्कृतिको बारेमा खोज, अनुसन्धान गर्न विषेश रुचि राख्नु हुन्छ । कुलुङ जाति भित्र सम्फोरु पाछाको वहाँ सङ्खुवासभा जिल्ला, सिलीचोङ गाँउपालिका वडा नं. २, बालाको स्थायी वासिन्दा हुनु हुन्छ ।